सेरोफेरो
२१ असार, सुर्खेत । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका शिवराज सुवेदी निर्वाचित भएका छन् ।
उनले नेपाली काँग्रेस र माओवादी केन्द्रका साझा उमेदवार खेलराज पाण्डेलाई दुई हजार तीन सय ९८ मतले पराजित गरी मेयर पदमा विजयी भएका हुन् । सुवेदीले २३ हजार दुई सय ४९ र पाण्डेले २० हजार आठ सय ५१ मत पाएका थिए ।
यसैगरी उपमेयरमा नेकपा एमालेकी उमेदवार गोमा आचार्य विजयी भएकी छन् । उनले २५ हजार तीन सय ३ मत पाएकी थिइन् ।
प्रतिकृया दिनुहोस्