Birendranagar Municipality

सिद्धार्थनगर नगरपालिकामा एमाले विजयी

सिद्धार्थनगर नगरपालिकामा एमाले विजयी

सेरोफेरो
 २२ असार, भैरहवा । सिद्धार्थनगर नगरपालिकाको मेयर पदमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६ हजार ७ सय पाँच मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मातृका यादवले ५ हजार २ सय ५० मत प्राप्त गरेका छन् ।


रुपन्देहीको सदरमुकाम भैरहवामा २० वर्ष यता कुनै पनि निर्वाचनमा जित हासिल गर्न नसकेको एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो झण्डा गाड्न सफल भएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित ६ वटा वडाहरुमा समेत एमाले विजयी भएको छ ।


त्यस्तै उपमेयर पदमा पनि एमालेकी उमा काफ्ले निर्वाचित भएकी छन् । उनले ६ हजार १७२ मत प्राप्त गरीन भने उनको प्रतिद्वन्द्वी कांग्रेसकी माधवी शर्मा वाग्लेले ५ हजार २२४ मत प्राप्त गरेकी छिन् ।


मेयर र उपमेयर सहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ । त्यस्तै कांग्रेस वडा नम्बर १, ६, ७, ८, १०, १२ मा विजयी भएको छ भने वडा नम्बर ४ संघीय समाजवादी फोरम नेपालले जितेको छ ।

२०७४ असार २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्