तस्बिर : बसन्त बिवस आचार्य
सेरोफेरो
२२ असार, सुर्खेत । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका घनश्याम पाण्डे निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार नौ सय ५४ मतले हराई विजयी भएका हुन् । पाण्डेले २२ हजार आठ सय ५७ र गिरीले १८ हजार नौ सय तीन मत पाएका थिए ।
यसैगरी उपमेयरमा नेकपा एमालेकै माया शर्मा आचार्य निर्वाचित भएकी छन् । उनले नेपाली काँग्रेसकी देवीका नेपाली घिमिरेलाई आठ सय ५२ मतले पछि पारेकी छन् । आचार्यले २१ हजार ३७ मत प्राप्त गरेकी थिइन् ।
नेपालकै ठूलो उपमहानगरपालिका घोराही सहित दाङका दुवै उपमहानगरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । दाङलाई प्रदेश नं. ५ को सम्भावित राजधानीको रुपमा समेत हेरिएको छ ।
प्रतिकृया दिनुहोस्