Birendranagar Municipality

इटहरीको मेयरमा एमालेका चौधरी निर्वाचित

इटहरीको मेयरमा एमालेका चौधरी निर्वाचित

सेरोफेरो
२३ असार, सुर्खेत । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवार द्वारिकलाल चौधरी निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका उमेदवार रोहित प्रसाईलाई दुई हजार चार सय २७ मतले पछि पारी निर्वाचित भएका हुन् । चौधरीले २२ हजार चार सय १२ मत पाएका थिए ।

 

यसैगरी उपमहानगरको उपमेयरमा नेकपा एमालेकी लक्ष्मी गौतम २२ हजार एक सय ४२ मत ल्याइ निर्वाचित भएकी छन् । उनले नेपाली काँग्रेसकी विमला ढकाललाई तीन हजार सात सय ९० मतले पछि पारेकी थिइन् ।

२०७४ असार २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्