सेरोफेरो
२३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचन आयोगमा दल दर्ताको अावेदन दिएको छ । राजपाका शीर्ष नेताले शुक्रवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उक्त अावेदन दिएका हुन् ।
आयोगमा दल दर्ताको सम्पूर्ण जिम्मा अध्यक्षमण्डलका महन्थ ठाकुरलाई दिइएको छ । मधेशवादी ६ दल मिलेर केही समयअघि राजपा नेपाल बनेको थियो ।
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग नलिएको राजपा असाेज २ गते प्रदेश नं. २ मा हुने तेस्रो चरणकाे चुनावमा सहभागी हुने जनाइएकाे छ ।
संविधान संसोधन, सीमाङ्कन फेरबदल लगायतका माग राखी राजपाले आन्दोलन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्