सेरोफेरो
२३ असार, सुर्खेत । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सरकारले प्रदेश नं. २ का आठ जिल्लामा असोज २ गते चुनाव गर्ने निर्णय गरेको छ ।
प्रदेश नं. १, ३, ४, ५, ६ र ७ का ६७ जिल्लामा निर्वाचन सम्पन्न भई मत परिणाम समेत सार्वजनिक भएको छ । मतपरिणाम अनुसार नेकपा एमाले पहिलो दलको रुपमा स्थापित भएको छ भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो दलको रुपमा रहेका छन् ।
निर्वाचन सम्पन्न भएका ६१७ स्थानीय तहमध्ये हालसम्म नेकपा एमालेले २७२, नेपाली काँग्रेसले २२२ र नेकपा माओवादी केन्द्रले ८४ स्थानीय तहका प्रमुखको पदमा जित हासिल गरेका छन् । मतगणना जारी रहेका आठमध्ये एमालेले ५ र काँग्रेसले ३ स्थानमा अग्रता कायम गरेका छन् । पहिलो चरणमा निर्वाचन सम्पन्न भएको चितवन महानगरपालिकाको मतगणना विवादको मुद्दा सर्वोच्च अदालतमा हालसम्म विचाराधीन छ ।
तीन प्रमुख दलबाहेक अन्य दलले पनि केही स्थानीय तहको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगञ्ज उपमहानगरपालिका सहित ५ स्थानीय तह जितेको छ । यसैगरी संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको गठबन्धनले ९, फोरम लोकतान्त्रिकले ६, राष्ट्रिय जनमोर्चाले ३ तथा नेपाल मजदुर किसान पार्टीले १ स्थानीय तहको प्रमुख पदमा जित हासिल गरेका छन् ।
यसैगरी ६ स्थानीय तहमा स्वतन्त्र उमेदवारले जित हात पारेका छन् ।
नेकपा एमाले निल भएका जिल्ला (२)
रुकुम
गोर्खा
नेपाली काँग्रेस निल भएका जिल्ला (३)
डोल्पा
रुकुम
भक्तपुर
धनकुटा
माओवादी निल भएका जिल्ला (२५)
मुगु
दैलेख
सुर्खेत
बाँके
बझाङ
बाजुरा
मुस्ताङ
म्याग्दी
पर्वत
कपिलवस्तु
स्याङ्जा
पाल्पा
कास्की
मनाङ
रसुवा
काठमाडौं
भक्तपुर
दालखा
संखुवासभा
धनकुटा
तेर्हथुम
ताप्लेजुङ
इलाम
झापा
सुनसरी
प्रतिकृया दिनुहोस्