सेरोफेरो
२४ असार, सुर्खेत । प्रदेश नं. ७ को एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा नेपाली काँग्रेसका नृप वड विजयी भएका छन् । उनले १४ हजार तीन सय २४ मत प्राप्त गरी विजयी भएका हुन् ।
वडका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उमेदवार गोपाल हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए ।
वडको जितसंगै नेपाली काँग्रेसले उपमहानगरको प्रमुख पदमा पहिलाे जित हात पारेको छ । वड उपमहानगरको मेयरमा निर्वाचित हुने पहिलो दलित उमेदवार हुन् ।
यसैगरी उपमेयरमा १७ हजार चार सय आठ मतसहित नेपाली काँग्रेसकी सुशीला भट्ट निर्वाचित भएकी छन् ।
तस्बिर : अनलाइनखबर
प्रतिकृया दिनुहोस्