Birendranagar Municipality

विराटनगरमा काँग्रेसको विरासत कायमै

विराटनगरमा काँग्रेसको विरासत कायमै

सेरोफेरो
२५ असार, सुर्खेत । स्थानीय तहको दोस्रो चरणमा निर्वाचन भएको एकमात्र महानगर विराटनगरको मेयर पदमा नेपाली काँग्रेसका भीम पराजुली विजयी भएका छन् ।

 

पराजुलीले नेकपा एमालेका उमेदवार विनोद ढकाललाई पाँच हजार छ सय ८२ मतअन्तरले हराई मेयर निर्वाचित भएका हुन् । उनले २३ हजार तीन मत पाएका थिए ।


यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी इन्दिरा कार्की विजयी भएकी छन् । उनले २० हजार एक सय ४६ मत पाइकी थिइन् भने निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रकी उमेदवार नमिता न्यौपानेले ११ हजार पाँच सय २३ मत पाएकी थिइन् ।


विराटनगरको राजनीतिक परिचय नेपाली काँग्रेससंग जोडिएको पाइन्छ । लामो समयसम्म काँग्रेसको नेतृत्व गर्ने कोइराला परिवारको गृहनगर भएकोले विराटनगरलाई नेपाली काँग्रेस हुर्केको ठाउँको रुपमा समेत चिनिन्छ ।

तस्बिर ः अनलाइनखबर

२०७४ असार २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्