Birendranagar Municipality

आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ सहित)

२०७४ असार मसान्तभित्र न्यूनतम चुक्तापुँजी पूरा नगर्ने बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस, बोनस सेयर र शाखा विस्तारमा रोक लगाउने, व्यक्तिगत घर कर्जाको सीमा १ करोडबाट १ करोड ५० लाख पुर्‍याउने, सवारी कर्जामा बैंकहरूले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने नीतिमा उल्लेख छ ।
आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ सहित)

सेरोफेरो

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आइतवार सार्वजनिक मौद्रिक नीतिमा मुद्रास्फीर्तिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र बैंकले राखेको छ । 

 

यसअघि कृषि तथा उर्जा र पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्र भन्दै आएकोमा अब औषधि उत्पादन सिमेन्ट र गार्मेटलाई समेत प्राथमिकता प्राप्त क्षेत्र भनेर परिभाषित गरेको छ ।

 

वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा अनिवार्य रुपमा २०७५ असारसम्ममा प्राथमिकता क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

 

नीतिले व्यक्तिगत घर कर्जाको सीमा १ करोडबाट १ करोड ५० लाख पु‍र्‍याइएको छ भने सवारी कर्जामा बैंकहरूले ६५ प्रतिशतसम्म लगानी गर्न सक्ने भएका छन् ।

 

मौद्रिक नीतिको पूर्ण पाठ पढ्नुहोस्

 

२०७४ असार २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्