Birendranagar Municipality

चोरी भयो ? १११२ डायल गर्नुस् ।

चोरी भयो ? १११२ डायल गर्नुस् ।

सेरोफेरो
२६ असार, काठमाडौं । चोरी भयो वा घरमा डाँका पस्यो भने अब नआत्तिनुस् । तपाईंको सेवामा तत्काल प्रहरी आइपुग्छ । जसका लागि तपाईंले १११२ मा डायल गर्नुपर्छ । यस नम्वरमा फोन गर्दा पैसा लाग्दैन ।


गृहप्रशासनसंग सम्बन्धित नागरिकका हरेक समस्याको सुनुवाई गर्न गृह मन्त्रालयले यस्तो टोल फ्री सेवा सञ्चालनमा ल्याएको हो । गृहमन्त्री जनार्दन शर्माले सोमबार उक्त सेवाको शुरूवात गरेका हुन् । उनले जुम्लाका स्थानीय नागरिकको गुनासो सुनेर उक्त सेवाको शुभारम्भ गरेका हुन् । मन्त्री शर्माले तत्काल समस्या समाधान गर्न जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई फोनबाटै निर्देशन समेत दिएका थिए । 


टोल फ्री सेवामा प्राप्त उजुरी र गुनासोको तत्काल सुनुवाई गरिने मन्त्री शर्माले बताएका छन् । उनले भने–'स्थानीय प्रशासनले गुनासो सुनुवाई गरे नगरेको जानकारी लिने र बदमासी भए तत्काल कारवाही गरिने छ ।'

 

(तस्बिर : अनलाइनखबर)

२०७४ असार २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्