सेरोफेरो
२७ असार, काठमाडौं । शिर्ष तीन दलका नेताहरुको बैठक बालुवाटारमा जारी छ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन प्रमुख तीन दलबिच छलफल भइरहेको जनाइएको छ ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।
आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग अनुसार संविधान संशोधन पारित गर्न सहमती जुटाउने प्रयास स्वरुप नेपाली काँग्रेस र माओवादी केन्द्र विभिन्न दलहरुलाइ फकाउन लागिपरेका छन् । तर नेकपा एमाले संविधान संशोधनको विपक्षमा उभिदै आएको छ ।
मंगलवार बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेताहरु सहभागी छन् ।
प्रतिकृया दिनुहोस्