सेरोफेरो
२९ असार, काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । क्षेत्री यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए ।
मुख्य सचिव डा. सोमलाल सुवेदी एशियाली विकास बैंकको उपकार्यकारी निर्देशक बनेर काजमा गएपछि मुख्यसचिव पद रिक्त थियो ।
प्रतिकृया दिनुहोस्