सेरोफेरो
२९ असार, काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी 'बिस्तारवाद र साम्राज्यवादको दलाल' भएको सांसदहरुले आरोप लगाएका छन् । बिहिबार संसदमा बोल्दै सांसदहरुले सुवेदीलाई यस्तो आरोप लगाएका हुन् ।
मुख्य सचिव पदमा बहाल छँदै काजमा अन्यत्र जागिर खान जानु मुलुकको हित विपरित भएको भन्दै सुवेदीलाई यस्तो आरोप लगाइएको हो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुख्य सचिवको यस्तो निर्णयमा पनि सरकार चुप लागेर बस्नु राम्रो नभएको बताए । यस सम्बन्धमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले संसदसमक्ष जवाफ दिनुपर्ने मागसमेत सांसदहरुले गरेका छन् ।
बैठकमा बोल्दै नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले पनि सुवेदीको कडा आलोचना गरेका छन् । उनले भने- 'यो नेपाल राष्ट्रका निम्ति एउटा गम्भीर नैतिक प्रश्न हो ।' सांसदहरुको यस्तो भनाई व्यवस्थापिका संसदमा रेकर्ड भएको छ ।
डा. सुवेदी एशियाली विकास बैंकको उपकार्यकारी निर्देशक पदमा जागिर खान साउन १ गते फिलिपिन्सको मनिला जाँदैछन् । उनले 'पर्ख र हेर'को नीति अनुरुप पदबाट राजीनामा नदिई काज बिदा मिलाएका थिए ।
प्रतिकृया दिनुहोस्