सेरोफेरो
२९ असार, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद जुठबहादुर खड्गी (जेबी टुहुरे) निर्वाचित भएका छन् । समितिको बिहिबार बसेको बैठकले खड्गीलाई सर्वसम्मत् सभापति चयन गरेको हो ।
माओवादी केन्द्रकै सांसद प्रभु साह यसअघि समितिको सभापति थिए । साह शहरी विकासमन्त्री भएपछि उक्त पद रिक्त थियो ।
प्रतिकृया दिनुहोस्