Birendranagar Municipality

कांग्रेस नेता जोशीको निधन

सेरोफेरो

३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामहरि जोशीको बिहीबार साँझ निधन भएको छ । जोशीको उपचारको क्रममा ग्राण्डी इन्टरनेशनल अस्पतालमा निधन भएको हो ।


विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा आदर्श र समाजवादी नेताका रुपमा छवि बनाएका थिए । उनी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।

 

नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

२०७४ असार ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्