सेरोफेरो
३० असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टिका शिर्ष नेताहरुलाइ जानकारी नदिई ४२ जना मनोनित केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा दर्ता गरेका छन् ।
पशुपतिसमशेर राणा पक्षले असहमति जनाउँदै निर्णय फिर्ता लिन आग्रह गरिरहेका बेला अध्यक्ष थापाले यो नामावली निर्वाचन आयोगमा दर्ता गराइसकेको स्रोतले जनाएको छ ।
राप्रपा नेता राणा पक्षले भने केन्द्रीय सदस्यहरुको मनोनयन समानुपातिक र समावेशी नभएकोमा असन्तुष्टि व्यत्त गरेका छन् । राणाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अध्यक्ष एक्लैले एकांकी रुपमा मधेस, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको कुनै ख्याल नराखी गरिएको मनोनयनप्रति मेरो पूर्ण असहमति छ ।’
साथै विज्ञप्तिमा राणाले भनेका छन् ‘पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि गम्भीर रुपमा मेरो ध्यानाकर्षण भएको छ ।’
केन्द्रीय सदस्य मनोनयनको विषयले राप्रपा भित्र बिवाद चुलीने अनुमान गरिएको छ । साथै संविधान संसोधनका सन्दर्भमा समेत राप्रपा भित्र दुइमत देखिएको छ ।
प्रतिकृया दिनुहोस्