Birendranagar Municipality

११ डिआइजी र १५ एसएसपीको बढुवा सिफारिस

११ डिआइजी र १५ एसएसपीको बढुवा सिफारिस

सेरोफेरो
३१ असार, काठमाडौं । गृह मन्त्रालयले ११ प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई एआइजीमा तथा १५ बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई डिआइजीमा बढुवा सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई बढुवाको सिफारिस गरिएको हो ।


डिआइजी नवराज सिलवाल भने बढुवा सिफारिसमा परेका छैनन् । आइजीपीका दाबेदार रहेका सिलवालको मुद्दा अदालतमा विचाराधीन छ ।


डिआइजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट एआइजीको बढुवा सिफारिसमा परेका छन् ।

AIG

यसैगरी डिआइजीको बढुवा सिफारिसमा पर्नेहरुमा सर्बेन्द्र खनाल, रमेशप्रसाद खरेल, पुष्कर कार्की, उत्तम कुमार कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रञ्जित र सुरेश विक्रम शाह रहेका छन् ।

SSP

२०७४ असार ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्