सेरोफेरो
१ साउन, सुर्खेत । संस्कृतिको प्रवद्र्धन र कलाक्षेत्रको विकासको लागि सुर्खेतमा विद्यालय स्तरिय तिज नृत्य प्रतियोगिता गरिने भएको छ । स्थानीय संस्कृति झल्कने खालको प्रस्तुतिलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
यहि साउन २८ गते सो कार्यक्रमको आयोजना गरिने सिस्टर नेपालकी अध्यक्ष नन्दा बस्यालले जानकारी दिइन् । उक्त नृत्य प्रतियोगितामा प्रथम हुनेलाई दशहजार, द्वितिय हुनेलाई सातहजार र तृतिय हुनेलाई पाँचहजार बराबरको पुरस्कार प्रदान गरिने सिस्टर नेपालले जानकारी दिएको छ ।
सुर्खेत स्थित स्थानीय तहका उपप्रमुखहरु, समाजमा योगदान पुर्याउने महिला तथा एकजना युवा अभियान्तालाई समेत सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
२०७१ सालमा स्थापना भएको सिस्टर नेपालले महिलाको अधिकारको क्षेत्रमा समेत काम गर्दै आएको छ । संस्कृतिको जगेर्ना गर्ने उदेश्यले यस्ता खालका कार्यक्रम विगत देखि नै गर्दै आएको र आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने अध्यक्ष बस्यालले बताइन् ।
प्रतिकृया दिनुहोस्