Birendranagar Municipality

पराजुली बने प्रधानन्यायाधीश

पराजुली बने प्रधानन्यायाधीश

सेरोफेरो

१ साउन, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम प्रधानन्यायाधीशको लागि अनुमोदन गरिएको छ । अाइतबार संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मत अनुमोदन गरेको हाे । 

 

गत असार १५ गते बसेको संवैधानिक परिषद्को बैठकले बरिष्ठताका आधारमा पराजुलीको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्दै अनुमोदनका लागि सुनुवाई समितिमा पठाएको थियो । पराजुलीविरुद्ध कुनै उजुरी समितिमा नपरेको जनाइएको छ ।

 

 

२०७४ साउन १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्