Birendranagar Municipality

चुडामणि शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

विशेष अदालतमा शर्मासंगै कर  फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैया भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको छ ।
चुडामणि शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

सेरोफेरो

१ साउन, काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले शर्मा सहित कर  फर्छ्यौट आयोगका अध्यक्ष लुम्मध्वज महत र सदस्य उमेश ढकालविरुद्ध आइतबार मुद्दा दर्ता गरेको हो । निलम्बित शर्मा आयोगको हिरासतमा छन् भने महत र ढकाल फरार छन् ।

 

अख्तियारले उनीहरुविरुद्ध १० अर्ब २ करोड १७ लाख रुपैया भ्रष्टाचार गरेको ठहर गरी मुद्दा दायर गरेको हो । उनीहरुले ९ अर्ब ५४ करोड ६१ लाख रुपैयामा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजश्व मिनाहा गराएका थिए ।

 

उक्त विषयको अनुसन्धान गर्ने क्रममा अख्तियारले १८ जेठमा शर्मालाई कार्यालयबाटै पक्राउ गरेको थियो । डा. रामशरण महत अर्थमन्त्री हुँदा कर  फर्छ्यौट आयोगको गठन गरिएको थियो । 

२०७४ साउन १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्