सेरोफेरो
२ साउन, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानन्यायाधीशमा पराजुलीको नाम संसदीय सुनुवाइ विशेष समितिले आइतबार सर्वसम्मत अनुमोदन गरेको थियो ।
शपथ लगतै पराजुलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गरेका छन् ।
पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको थियो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो ।
पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको अनिवार्य अबकास पश्चात पराजुलीले गत जेठ २४ देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले २०७५ वैशाख १५ सम्म कार्यभार सम्हाल्ने छन् ।
प्रतिकृया दिनुहोस्