सेराफेरो
२ साउन, काठमाडौं । बहुप्रतिक्षित ‘भरतपुर प्रकरण’ को सुनुवाई पुनः एक साता पछि धकेलिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि बिदेश जानुपर्ने भएकाले सुनुवाई सरेको हो ।
पटक पटक पेशी तोकिएर पनि स्थगित हुँदै आएको उक्त मुद्दामाथि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाई शुरु भएको हो । रिट निवेदकका तर्फबाट सोमबार अधिवक्ता टिकाराम भट्टराईले मात्रै वहस गरेका थिए । सोमबार बहस नसकिने भएकाले अर्को सुनुवाई साउन ८ गते हुने भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
भरतपुरमा पहिलो चरण अन्तर्गत २०७४ बैशाख ३१ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । असार १४ मा दोस्रो चरणको निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भैसक्दा पनि भरतपुरको फैसला हुन सकेको छैन । प्रदेश नं. २ मा असोज २ गते तेस्रो चरणको निर्वाचन हुँदैछ ।
प्रतिकृया दिनुहोस्