Birendranagar Municipality

पूर्व लडाकुका सन्तानलाइ आर्थिक सहयोग

पूर्व लडाकुका सन्तानलाइ आर्थिक सहयोग

सेरोफेरो

२ साउन, सुर्खेत । पूर्व लडाकुका दुई छोराहरुलाई सोमबार शैक्षिक सहयोग प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको समन्वयमा जिल्ला बालकल्याण समिति सुर्खेतले उक्त सहयोग प्रदान गरेको हो ।



गुर्भाकोट नगरपालिका ९ स्थित बोटेचौर बजारमा बसोबास गर्दे आएकी अशक्त पूर्व लडाकु ३२ वर्षीय लुसी बिकका ११ र ७ वर्षका छोराहरुलाई सहयोग स्वरुप प्रतिव्यक्ति चार हजार नगद प्रदान गरेको हो ।

 

सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाहरुको पुर्नस्थापना तथा पुनःएकीकरण परियोजना अन्तर्गत शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा सो सहयोग प्रदान गरिएको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत रमा भण्डारीले बताईन् ।

 

सशस्त्र द्वन्द्वमा परी अशक्त बनेकी लुसीले २०७३ फागुन ११ मा छोराहरुको शैक्षिक सहयोगको लागि इन्सेकमा अनुरोध गरेको दुर्गा थापाले सेरोफेरोलाई बताए ।

२०७४ साउन २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्