सेरोफेरो
२ साउन, प्यूठान । माण्डवी गाउँपालिका वडा नं. ५ का दुई बालबालिकाको पानीमा डुबेर मृत्यु भएको छ । घरको नजिकै खेल्ने क्रममा पनाराम थापाका छोरा चार वर्षीय प्रशान्त थापा र हुकम बहादुर थापाको ५ वर्षीय छोरी पवित्रा थापाको मृत्यु भएको हो ।
घरमा कोही नभएको समयमा सिंचाइका लागि जम्मा गरिएको कालिखोलाको पानी ट्याङ्कीमा खेल्दा खेल्दै उनीहरुको मृत्यु भएको हो । मृत शरीरको पाेष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्