Birendranagar Municipality

गोरखापत्र कोहलपुरबाट प्रकाशन हुने

गोरखापत्र कोहलपुरबाट प्रकाशन हुने

सेरोफेरो
४ साउन, सुर्खेत । मुलुककै जेठो पत्रिका गोरखापत्र दैनिक अब कोहलपुरबाट समेत प्रकाशित हुने भएको छ । प्रदेश नं. ५, ६ र ७ लाई लक्षित गरी बाँकेको कोहलपुरबाट प्रकाशनको तयारी गरिएको हो ।


छापाखाना स्थापना गर्न कोहलपुर वडा नं. १ स्थित मैटहवामा एक विगाहा जग्गा खरीद गरी प्रकाशनको तयारी गरिएको गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले जानकारी दिए । कोहलपुर नगरबाट पत्रिकाको प्रकाशन हुनु सुखद रहेको नगर प्रमुख लुटबहादुर रावतले बताए ।

२०७४ साउन ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्