सेरोफेरो
५ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने भएको छ । एकतापश्चात् पार्टीको नाम नयाँ शक्ति फोरम हुने सम्भावना छ ।
दुबै दलले डेढ बर्ष गरेको एकता प्रयासले यही साउन १५ गते मूर्त रुप लिन लागेको हो । स्रोतका अनुसार एकीकृत पार्टीको अध्यक्षमा यादव, भट्टाराई अधिकार सम्पन्न सर्बोच्च नेता तथा अशोक राई वरिष्ठ नेता बन्ने सहमति भएको छ । खसआर्य, जनजाति र मधेशी क्लस्टर मिलाएर नेतृत्व निर्माण हुने स्रोतको भनाई छ ।
यसै सम्बन्धमा छलफल गर्न नयाँ शक्ति उच्च तहको आकस्मिक बैठक काठमाडौंमा बिहिबार र शुक्रबार बोलाइएको छ । दुबै दलले केन्द्रीय कार्यसमिति बैठक साउन ११ र १२ गते बोलाएका छन् ।
प्रतिकृया दिनुहोस्