Birendranagar Municipality

बम समात्ने राना असइमा बढुवा

बम समात्ने राना असइमा बढुवा

तस्बिर : अन्नपुर्ण पोष्ट

५ साउन, काठमाडौ । दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक) मा बढुवा भएका छन् ।


प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको हो । गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा रानालाई बढुवा गरिएको हो ।


रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फालेपछि सम्भावित मानवीय क्षति हुनबाट रोकिएको थियो । रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले थप राम्रो काम गर्न हौसला दिएका थिए ।

 

असार १४ गते दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङको तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षति हुनबाट जोगाएका थिए ।

२०७४ साउन ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्