Birendranagar Municipality

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन : म्याद २१ दिन मात्र

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन : म्याद २१ दिन मात्र

सेरोफेरो
५ साउन, काठमाडौं । सरकारले प्रदेश र संघीय संसदको निर्वाचन क्षेत्र निर्धारण गर्न पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले पाँच सदस्यीय उक्त अायाेग गठन गरेको हो ।


आयोगको सदस्यमा भूगोलविद माधव अधिकारी, समाजशास्त्री गणेशराज कार्की र विश्वकल्याण पराजुली रहेका छन् । यसैगरी सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल रहेका छन् ।


आयोगलाई २१ दिनको समय दिइएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आयोगले संविधान अनुसार संघीय संसदको १६५ निर्वाचन क्षेत्र तथा प्रादेशिक संसदको ३३० निर्वाचन क्षेत्र निर्धारण गर्नेछ ।

 

अाजै सरकारले मुख्य सचिव साेमलाल सुवेदीकाे राजनीनामा पनि स्वीकृत गरेकाे छ । 

२०७४ साउन ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्