सेराफेरो
५ साउन । भारतको १४ औं राष्ट्रपतिमा भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका उमेदवार कोविन्दले ६५ दशमलव ३५ प्रतिशत मत प्राप्त गरी बिहिबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मिरा कुमारले ३४ दशमलव ३५ मत पाइन् ।
कोविन्दको जन्म १ अक्टोबर १९४५ मा उत्तर प्रदेशको कानपुरमा भएको थियो । बिहारको राज्यपाल समेत रहेका कोविन्दले कानपुर विश्वविद्यालयबाट बीकम र एलएलबी पुरा गरेका छन् ।
सन् १९९४ देखि १२ बर्ष सम्म उत्तरप्रदेशको राज्यसभा सांसद रहेका कोविन्द त्यसअघि १६ बर्ष दिल्ली हाई कोर्ट र सुप्रिम कोर्टमा वकालत गरेका थिए ।
कोविन्द दलित समूदायबाट भारतको राष्ट्रपति बन्ने पहिलो व्यक्ति हुन् । उनले अाउने मंगलबार पदभार ग्रहण गर्नेछन् ।
प्रतिकृया दिनुहोस्