तस्बिर : हरि केसीको फेसबुकबाट
सेरोफेरो
५ साउन । रुकुमको स्यालापाखामा आधा मात्र टाउको भएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ८ को स्यालापाखा स्वास्थ्य चौकीमा सिस्ने गाउँपालिका ८ की शुसिला रावलले पुरा टाउको नभएकी छोरीको जन्म दिएकी हुन् ।
उक्त बच्चाको जन्मिए लगत्तै मृत्यु भएको थियो । २२ वर्षिया रावले गत वर्ष पनि यस्तै बच्चा जन्माएकी थिइन् । रावलका श्रीमान चन्द्र रावलले अघिल्लो वर्ष पनि अहिलेको जस्तै बच्चा जन्मीएको बताए । उनीहरुको एक छोरा समेत छन् ।
स्वास्थ्य चौकी स्यालापाखाका इन्चार्ज हरि केसीले क्याल्सीएमको कमीका कारण बच्चा यस्तो भएको बताए । प्रयाप्त क्याल्सिएम नभएका कारण टाउकोको हड्डी पुर्ण रुपमा बिकास नभएको इन्चार्ज केसीको भनाइ छ । शुसिला रावलको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
प्रतिकृया दिनुहोस्