Birendranagar Municipality

नेवार समुदायले गठामुंगः पर्व मनाउँदै

नेवार समुदायले गठामुंगः पर्व मनाउँदै

सेरोफेरो
६ साउन, काठमाडौं । नेवार समुदायले आज गठामुंगः पर्व हर्षउल्लासका साथ मनाउदै छन् । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने चलन छ ।

 

यस दिनमा नेवार समुदायमा घर शान्तिको कामना गर्दे परिवारमा कुनै पनि रोग नलागोस् भनी राक्षसको प्रतिक बनाइ विच वाटोमा जलाउने चलन छ । हरेक घरबाट साँझपख गहुँको छ्वालीमा आगो सल्काएर बिच बाटो वा दोबाटो सम्म लिने प्रचलन रहेको पाइन्छ ।

 

यस पर्वमा किसानहरुले काम सकेकोले सरसफाइ गर्ने, परिवारमा बाह्य कुदृष्टि नपरोस् भनी राक्षसको प्रतिक बनाइ जलाउने प्रचालन रहेको र यसले मानिसहरुलाइ मनोबैज्ञानिक रुपमा समेत बलीयो बनाउने त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रिय विभाग किर्तिपुरका उप प्राध्यापक प्रज्वल प्रधानले सेरोफेरोलाइ बताए । यस पर्वमा सुकेको नर्कट र गहुँको छ्वाली जलाउँदा लामखुट्टे समेत नलाग्ने जनविश्वास रहेको प्रधानले बताए  ।

 

यस पर्वमा विभिन्न चार्डहरुको लागि बाजा र नाचहरु सिकाउन शुरु गर्ने, नाचको लागि मुकुण्डो बनाउने कामको थालनी समेत गर्ने गरिन्छ । साथै शिवको मन्दिर बाट जल ल्याइ घरमा छर्केर पवित्र बनाउने चालन रहेको छ ।

 

२०७४ साउन ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्