सेरोफेरो
६ साउन । दलित युवा संग प्रेम सम्बन्ध राखेको निहुँमा छोरी कुट्ने बाबु सहित पाँच जना विरुद्ध मुद्धा दायर भएको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, हिडुलीकी १७ वर्षीया मनिता यादवलाई स्थानीय दलित युवा २१ वर्षका दिनेश लोधसँग प्रेम गरेको निहुँमा परिवारका सदस्यहरुले नै निर्घात कुटपिट गरेका थिए ।
मनिताका बाबु इन्नर यादव, सोही स्थान बस्ने दिनेश यादव, लालमोहन अहिर यादव, पशुपति कोइरी लगायत पाँच जना उपर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ ।
गत असार १९ गतेको घटना बिहीबार मात्र सामाजिक संजालमा भाइरल बनेको थियो ।
प्रतिकृया दिनुहोस्