तस्बिर: रमेशकुमार पाण्डे
सेरोफेरो
७ साउन । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना र मध्यपश्चिम डेन्टल केयर होमको प्राविधिक सहयोगमा एक दिने निशुल्क दन्त परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
पञ्चपुरी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा शनिबार आयोजना गरिएको परिक्षणमा दुई सय ५० जना सहभागी भएका थिए । जसमध्ये एक सय ५० जनाको किरा लागेको तथा खराब दाँतहरुलाई निकालिएको र ४५ जनाको खालि ठाउंमा दाँत भरिएको मध्यपश्चिम डेन्टल केयर होमका सञ्चालक जीवन बन्जाडेले बताए ।
डाक्टर सञ्जिव महत, नारायण महतो, दन्त रोग विशेषज्ञ डाक्टर मुक्ति रानाभाट, दन्त सहायक जीवन बन्जाडे र सिनियर अहेव डील्ली सापकोटाको टोलिले दाँत परिक्षण गरेको थियो ।
प्रतिकृया दिनुहोस्