धनवीर दाहाल
७ साउन । रुकुम बाँफिकोट गाँउपालिका मग्माका रणे दमाईको दुवै मृगौला फेल भएपछि उनलाई बचाउन परिवारले सबैमा आग्रह गरेका छन् । रुकुमको साविक मग्मा गाविस ३ का ५६ बर्षिय दमाईको आर्थिक अवस्था दयनिय रहेको छ ।
सरकारले निशुल्क मृगौला प्रत्यारोहण गर्ने बताएपनि डायलोसिस गर्नको लागी समेत रकम अभाव भएको परिवारले बताएको छ । रणेलाई अहिले राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा भर्ना गरिएको छ । उनको उपचारका लागी सहयोग गर्न सबै सहयोगी मनहरुमा आग्रह गरिएको उनका भान्जा डिल्ली परियारको भनाइ छ ।
उनलाई सहयोग गर्न मोवाइल नम्बर ९८१८६१९९३४ तथा ९८६३६४७८८८ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ । यसै गरी आर्थिक रुपमा सहयोग गर्न चाहनेहरुका लागी एभरेष्ट बैंकमा रहेको खाता नं ०४४००५०१२०५४२५ मा रकम जम्मा गर्न सकिनेछ ।
बिरामी रणे दमाई आफ्ना बच्चाबच्चीको लागी पनि बाँच्न चाहन्छन् । आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न धौ–धौ भएको उनलाई उपचारको खाँचो छ । उनका २ छोरा २ छोरी र एक श्रीमति छन् ।
प्रतिकृया दिनुहोस्