तस्बिर : सेतोपाटी
८ साउन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘जम्बो’ केन्द्रीय समिति कामकाजी नभएको तथा प्रभावकारी हुन नसकेको भन्दै समितिको आकार घटाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार सम्पन्न बैठकमा उनले उक्त कुराको जानकारी दिएका हुन् ।
बैठकमा नेताहरुले भद्दा साङ्गठिन संरचनाका कारण परिचालनमा समस्या आएको भन्दै नेतृत्वको चर्को आलोचना गरेपछि सबै प्रदेशबाट यस सम्बन्धमा निर्णय गराएर केन्द्रीय कार्यालयले दुई अङ्कको केन्द्रीय समिति बनाउने अध्यक्ष दाहालले स्पष्ट पारे ।
माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति भन्दै करीब चारहजार जनाको केन्द्रीय समिति बनाएको थियो । उक्त समितिको बैठक हालसम्म बस्न सकेको छैन ।
प्रतिकृया दिनुहोस्