सेरोफेरो
८ साउन । चितवनको भरतपुर महानगरपालिकाको निर्वाचनमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज पनि सर्वोच्च अदालतले फैसला गर्न सकेन् । पटक पटक सर्दै आएको मुद्दामा साउन २ गते न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलास चल्दै गर्दा रोकिएको थियो ।
रिटमा सुनुवाई नसकिएपछि आज फैसला हुन नसकेको अदालतले जनाएको छ । रिटमा भोलि पुनः बहस हुने बताइएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताहरूले मत पत्र च्यातेपछि अबरुद्ध भएको मतगणनालाई सुचारु गर्न एमालेको माग रहँदै आएको छ । एमालेका नेताहरूले च्यातिएका मतपत्रलाई थाँती राखेर मतगणना गर्नुपर्ने माग गर्दै आएका छन् ।
रिट निवेदकका तर्फबाट अधिवक्ता टीकाराम भट्टराईले मात्रै बहस गर्न पाएका थिए । अरुको बहस आज हुने भएको छ । जेठ १४ गते राति मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । तर सो निर्णयको विरुद्ध भरतपुर १९ का एमाले वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले मुद्दा दायर गरेका थिए । सो मुद्दामा सर्वोच्चले यथास्थितिमै राख्न भने पनि सबै काम रोकिएको छ ।
पटक पटक मुद्दा सरेकाले उम्मेदवार, मतदाता, तथा राजनीतिक दलसमेत रुष्ट हुन थालेका छन् । स्वयं मुद्दा हाल्ने विक समेत छिटो निकास दिन माग गर्दै छन् । सो मुद्दामा सर्वोच्चले मतगणना या मतदान के को आदेश देला भन्ने सर्वत्र चासो छ ।
(८ साउन राति १० बजे अध्यावधिक गरिएको)
प्रतिकृया दिनुहोस्