सेरोफेरो
९ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले विद्यार्थी नेता अनिलबहादुर शाहीलाई निष्काशन गर्ने निर्णय फिर्ता लिएको छ । विश्वविद्यालयले नियम विपरित नीजि क्याम्पसलाइ सम्वन्धन दिन लागेको भन्दै संयुक्त विद्यार्थीहरुले गरेको आन्दोलनका क्रममा रजिष्ट्रारको गाडी तोडफोडको आरोपमा विश्वविद्यालयले शाहीलाई निष्काशन गरेको थियो ।
शाही विरूद्ध प्रसाशनमा दर्ता गरिएको सार्वजनिक मुद्दाको बारेमा भने विश्वविद्यालयले थप निर्णय गरेको छैन । नेपाल विद्यार्थी संघका सहमहामन्त्री ईश्वर विष्टले निष्काशन फिर्ता लियर मुद्दाको बारेमा केही नबोल्नु विश्वविद्यालयको संस्थागत बेइमानि भएको बताए । नियम विपरित सम्वधन दिने निर्णय फिर्ता नभएसम्म र शाहीमाथि लगाइएको सार्वजनिक मुद्दा फिर्ता नलिए सम्म आन्दोलन यथावत रहने पनि नेपाल बिद्यार्थी संघले जनाएकाे छ ।
शाहीलाई निष्काशन गर्ने निर्णयको विद्यार्थी संघ संगठनले बिरोध गरेका थिए । निष्काशनको चौतर्फी बिरोध भएपछि विश्वविद्यालयले विद्यार्थीको पढ्ने अवसरलाई ध्यानमा राखी निष्काशन गर्ने निर्णय फिर्ता लिएको उपकुलपतिको कार्यालयले जनाएको छ ।
(अद्यावधिक गरिएको)
प्रतिकृया दिनुहोस्