सेरोफेरो
९ साउन । बागलुङको बडिगाड गाउँपालिकामा सोमवार विहान पिकअप जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना गम्भिर घाइते भएका छन् ।
रणसिहंकिटेनीको घोरघोरेबाट जलजला हुँदै ग्वालीचौर तर्फ आउदै गरेको ध १ ज १८४ नम्बरको जिप बडिगाड गाउँपालिका वडा नम्बर ५ को वादीप भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका अन्दाजि ४२ वर्षका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं. ८ रणसिंह का अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र गाडिचालक बडिगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको ज्यान गएको छ।
दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको छ ।जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको छ ।
मृतकहरुको पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउने तयारी भइरहेको बडिगाड गाउँपालिकाका प्रमुख मेयरसिहं पाइजाले जानकारी दिए । घटनास्थल सदरमुकामदेखी करिब ५ घण्टाको दुरीमा पर्दछ ।
(अन्नपुर्ण पोष्टको सहयोगमा तयार पारिएको )
प्रतिकृया दिनुहोस्