सेरोफेरो
११ साउन । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुई पार्टीको एकता घोषणा गरिएको हो। एकीकृत दलको नाम विवेकशील साझा पार्टी रहेको छ । पार्टीको चुनाव चिन्ह तराजु रहनेछ ।
पार्टीको केन्द्रीय समितिमा रबिन्द्र मिश्र, उज्वल बहादुर थापा सहित ५१ सदस्य रहनेछन् । जसमा दुबै दलबाट १७/१७ जना तथा १७ जना मनोनित हुनेछन् । केन्द्रीय सदस्यमध्ये ७ जनालाई प्रदेश संयोजक तोकिने छ ।
मिश्र र थापाले पार्टीको संयुक्त नेतृत्व गर्नेछन् भने २ वर्षभित्र महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्