सेरोफेरो
११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार १९ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद २७ सदस्यीय भएको छ ।
मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिएका छन् ।
काँग्रेसका यज्ञबहादुर थापाले कानुन, वीरबहादुर बलायरले भौतिक पूर्वाधार तथा यातायात मोहन बस्नेतले सूचना तथा सञ्चार, सञ्जय गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले सहकारी तथा गरिबी निवारण, भीमसेनदास प्रधानले रक्षा, रामकृष्ण यादवले कृषि विकास, राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने भएका छन्।
यसैगरी माओवादी केन्द्रका गिरिराजमणि पोखरेल स्वास्थ्य, महेन्द्रबहादुर शाही ऊर्जा, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, आशा खनाल कोइराला महिला, बालबालिका तथा समाज कल्याण र सन्तकुमार चौधरी पशुपंक्षी विकास मन्त्री बनेका छन् ।
बुधबार विस्तार भएको मन्त्रीमण्डलमा नेपाल लोकतान्त्रिक फोरमबाट जीतेन्द्र देव संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र गोपाल दहित भूमि सुधार तथा व्यवस्था एवं नेकपा संयुक्तकी मिथिला चौधरी जनसंख्या तथा वातावरण मन्त्री बनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पहिलोपटक जेठ २४ गते ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।
(तस्बिर : कान्तिपुर)
प्रतिकृया दिनुहोस्