Birendranagar Municipality

प्रधानमन्त्री देउवा पहिलो विदेश भ्रमणमा भारत जाने

प्रधानमन्त्री देउवा पहिलो विदेश भ्रमणमा भारत जाने

सेरोफेरो

१२ साउन । प्रधानमन्त्री निर्वाचित भए पश्चात शेरबहादुर देउवाले पहिलो विदेश भ्रमण भारतमा गर्ने भएका छन् । विगतदेखि नै पहिलो विदेश भ्रमणको रुपमा भारतलाइ रोज्ने चलन जस्तै बनेको बेला चौथो पटक प्रधानमन्त्री बनेका देउवा भारत भ्रमाणमा जाने निश्चित भएको बताइएको छ ।

 

भ्रमणको मिति टुङ्गो नलागेपनि भाद्र महिनामा भारत भ्रमण जाने तयारी भइरहेको बताइएको छ । प्रधानमन्त्रीको यो भ्रमण तीन दिनको हुने जनाइएको छ । भ्रमणमा के विषयमा सहमति तथा सम्झौता गर्ने भन्ने बारे तयारी भइरहेको छ ।

 

संसदको ठुलो दल नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

२०७४ साउन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्