Birendranagar Municipality

सुन्दर नेपाल संस्थाको सामाजिक परिक्षण सम्पन्न

सुन्दर नेपाल संस्थाको सामाजिक परिक्षण सम्पन्न

सेरोफेरो

१२ साउन । सुन्दर नेपाल संस्था सुर्खेतको सामाजिक परिक्षण सम्पन्न भएको छ । संस्थाले बिहिबार आफ्नो बार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गर्र्दै वार्षिक रुपमा सञ्चालन र सम्पन्न गरेका कार्यक्रमहरुको बारेमा सरोकारवाला लाई जानकारी दिएको हो ।


कार्यक्रममा सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र प्रसाद कडेलले संस्थाबाट संचालित विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिएका छन् ।
कँडेलले सुन्दर नेपाल संस्थाले संचालन गरेका करिव १५ वटा परियोजनाको प्रगति जानकारी गराएका थिए ।

 

उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष माया सापकोटाले आर्थिक वर्ष २०७३/०७४ मा संस्थाद्वारा संचालित विभिन्न परियोजनाको कुल आय नौ करोड ३७ लाख २२ हजार ४१३ मध्ये सात करोड ८४ लाख सात हजार ७०० को खर्च विवरण पेश गरिन् ।

 

सामाजिक परिक्षण कार्यक्रममा सुर्खेत स्थित विभिन्न राजनितिक दलका प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाको विभिन्न कार्यक्षेत्रका लक्षित समुह अन्तर्गत विभिन्न सहभागीहरुले कार्यक्रमले पारेका प्रभाव वारेमा धारणा राखेका थिए ।

IMG_6262

कार्यक्रममा १२४ जनाको सहभागिता रहेको थियो । संस्थाका कार्यक्रम संयोजक गणेशबहादुर वलीले सहजीकरण गरेको कार्यक्रम जिल्ला समन्वय समिति सुर्खेतका निमित्त स्थानिय विकास अधिकारी टंकप्रकास लामिछानेको प्रमुख आतिथ्यता तथा सुन्दर नेपाल संस्थाका सचिव पूर्णा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०७४ साउन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्