सेरोफेरो
१३ साउन । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइयो । श्रावण शुक्ल पूर्णिमाको दिन चन्द्रग्रहण परेकाले शुक्रबारै रक्षाबन्धन पनि मनाइयो ।
हिन्दु धर्मावलम्बीहरुलेले घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर नागपञ्चमी मनाइन्छ । जन्मकुण्डलीमा सर्पदोष भएका र काल सर्पयोग परेका व्यक्तिले यो दिन नागको अर्चना गर्दा वर्ष दिनका लागि दोष टर्छ भन्ने ज्योतिषविद्यामा वर्णन गरिएको छ ।
नागपूजाका लागि काठमाडौंको भचाखुसीको घोडेनाग, टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटपारि नागढुङ्गा, धापाखेलको नागदह, नक्सालको नागपोखरी, टौदह, पशुपतिनाथको आभूषण वासुकीनाग, महाराजगन्जको नागपोखरी र चाँगुनारायणको पाँचटाउके कल्पेश्वरनागमा आजको दिन भक्तजनको भीड लाग्छ ।
यस बर्ष जनैपूर्णिमाका दिन चन्द्रग्रहण हुने भएकाले तागाधारीले शुक्रबार रक्षाबन्धन मनाएका छन् । जनैपूर्णिमाको अवसर पारी गोसाईंकुण्डमा मेला लाग्ने गर्छ भने देशैभरका शिव मन्दिरमा पूजा गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नागपञ्चमीकै दिन रक्षाबन्धन गर्ने र जनै फेर्ने उपयुक्त समय ठहर गरेको थियो ।
नागपञ्चमीकै दिन तागाधारीले जनै फेर्ने भए पनि नेवार समूदायमा क्वाँटी पुन्ही भनेर साउन शुक्ल पूर्णिमाको चन्द्रग्रहणअगावै क्वाँटी खाने तयारी गरिएको छ ।
प्रतिकृया दिनुहोस्