सेरोफेरो
१३ साउन । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेको छ । पानामा पेपर्स मुद्दामा फैसला गर्दै उनलाई सार्वजनिक पदमा रहन अयोग्य ठहर गरेको हो ।
विदेशमा कालो धन जम्मा गरेको अाराेपमा उनलाई दोषी ठहर गरिएको हो । सर्वोच्च अदालतका पाँच न्यायाधीशको संयुक्त इजलासले सर्बसम्मतले उक्त निर्णय गरेको हो । उक्त मुद्दामा सरिफसहित उनका छोरी र ज्वाईं समेत दोषी रहेको पाइएको छ ।
अदालतको निर्णयपश्चात् सरीफले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।
प्रतिकृया दिनुहोस्