सेरोफेरो
१३ साउन । प्रेस चौतारी नेपाल प्रदेश नं. ६ को बिस्तारीत बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । चौतारीको प्रदेशमा भएका गतिविधी र पत्रकार महासंघको आसन्न अबिधेसनका विभिन्न विषयहरुमा छलफल गरिएको छ । प्रदेश नं. छ अन्र्तगत विभिन्न जिल्लाका अध्यक्ष र इन्चार्जहरुले सांगठनिक गतिविधीहरु जानकारी गराएका छन् ।
कार्यक्रममा नेकपा एमाले सुर्खेतका अध्यक्ष धुर्व कुमार शाहि, एमाले प्रचार विभाग सदस्य डिल्ली वि.सी, चौतारीका पूर्व अध्यक्ष गगन विष्ट, पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सुर्यमणी गौतम, चौतारीका महासचिव राजेश राई र उपाध्यक्ष टिका विष्टले धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारको पेशागत र भौतीक सुरक्षाका सवालहरुमा संगठन लागिपरेको जानकारी दिए । उनले संविधानले प्रदान गरेका अधिकारहरुलाई कार्यान्वयन गर्न पत्रकारहरुले भुमीका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रम प्रदेश नं छ का इन्चार्ज बीर बहादुर गिरीको अध्यक्षता र केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्