सेरोफेरो
१५ साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णयलाई सदर गरेको हो ।
भरतपुरमा पहिलो चरण अन्तर्गत बैशाख ३१ गते निर्वाचन सम्पन्न भएको थियो । वडा नम्वर १९ को मतगणना जारी रहेको समयमा जेठ १४ गते माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।
उक्त प्रकरणपश्चात् निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध सोही वडाका सदस्यका उमेदवार गुञ्जमान विकसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिकृया दिनुहोस्