सेरोफेरो
१५ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगलाई भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न राजनीतिक दलहरुले सुझाब दिएका छन् । आयोगले जनसंङ्ख्यालाई आधार मानेर क्षेत्र निर्धारण गर्न खोजेको पनि उनीहरुले आरोप लगाएका छन् ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित राय, सुझाव संङ्कलन कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । जनसंङ्ख्यालाई आधार मानेर क्षेत्र निर्धारण गर्दा स्थानीय तहका संरचना टुक्रिने संभावना भएकाले भूगोललाईनै मुख्य आधार मान्नुपर्ने उनीहरुको भनाई छ ।
नवनिर्वाचित स्थानीय तहका पदाधिकारीहरुले समेत भूगोलको आधारमा क्षेत्र निर्धारण गरिनुपर्नेमा जोड दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी भन्छन् ‘निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोललाई मुख्य आधार बनाइनु पर्छ र स्थानीय तहका संरचना टुक्राईनु हुँदैन ।’ सुर्खेतकै सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसीले पनि स्थानीय तहको संरचना भत्काउन नहुनेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस्