तस्बिर:अनलाइनखबर
सेरोफेरो
१६ साउन । स्कुलबाटै अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले सोमबार बिहान बालकलाई काँडाघारीबाट उद्धार गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए । उनका अनुसार विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।
पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत विशाल चौधरी साउन १२ गते विद्यालयबाट घर फर्कने समयमा अपहरणमा परेका थिए ।
अनुसन्धानका क्रममा भेटीएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्