Birendranagar Municipality

काँग्रेस पार्टि कार्यालय दैलेखमा तालाबन्दी

काँग्रेस पार्टि कार्यालय दैलेखमा तालाबन्दी

सेरोफेरो
१८ साउन । नेपाली काँग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टि कार्यालय दैलेखमा ताला लगाएका छन् । पार्टि सभापतिको कार्यशैलीलाइ लिएर उनिहरुले ताला लगाएका हुन् ।

 

जिल्ला कार्यसमिति सदस्य गणेश कुमार श्रेष्ठ र नगर सभापती बसन्त कोइराला लगाएत कार्यकर्ताहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरि पार्टि सभापति कृष्ण वि.सीका कमजोरीहरु सार्वजनिक गरेका छन् ।

 

कार्यकर्ताहरुले स्थानिय तहको निर्वाचनको जिल्ला कार्यसमितिमा समिक्षा नगरेको, पार्टिको नियमित कार्य संचालन नभएको, स्थानिय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई पराजित गराउन भुमीका खेलेको र आर्थिक अनियमितता गरेका विभिन्न आरोप सहित कार्यकर्ताहरुले पार्टि कार्यालयमा तालाबन्दी गरेका हुन् ।

 

पार्टि सभापति विसीले कार्यकर्ताले लगाएका आरोपहरु पुर्वाग्रही र निराधार रहेको बताएका छन् ।

 

Nepali Congress 1

Nepali Congress 2

 

२०७४ साउन १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्