सेरोफेरो
१८ साउन । नेपाल पत्रकार महासंघ दैलेख शाखाको भवन निर्माणका लागि पहल थालिने भएको छ । भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्नको लागि १० सदस्यीय समिति समेत गठन गरिएको गरेको छ ।
भवन निर्माणका लागि नारायण नगरपालिका दैलेखले बजेट विनियोजन गरे संगै जग्गा व्यवस्थापनमा पत्रकारहरु सक्रिय रुपमा लाग्ने भएका हुन् । शाखाको बैठकले डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निणर्य समेत गरेको छ ।
पत्रकारीता क्षेत्रमा सक्रिय रुपमा काम गर्ने एक जना सदस्यलाई छनौट गरि पुरस्कार प्रदान गरिने बताइएको छ । स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको अपहरण देखि हाल सम्म परिवारलाई न्याय दिलाउन योगदान गर्ने पत्रकारहरुको नाम छनौट गरि ताम्रपत्रमा लेख्ने निर्णय समेत भएको शाखाका अध्यक्ष चक्र केसीले सेरोफेरोलाई जानकारी दिएका दिए ।
प्रतिकृया दिनुहोस्